नेपाल चिकित्सक संघले सरकारले तीन मन्त्रीको सहभागितामा गरेको सहमति कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गरेर पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।
संघका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सङ्घ र नेपाल सरकारबिच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति भए पनि हालसम्म कार्यान्वयन नभएको उल्लेख गरिएको छ। सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने भनिए पनि अझैसम्म ठोस प्रतिफल नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
































Discussion about this post