Khabar Samachar

Search
Close this search box.

कांग्रेस संसदीय दलको नेताबाट हटाइए बहादुरसिंह लामा

201
VIEWS

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीनामा नदिने बताएका छन् । संसदीय दलमा भएको मत विभाजनको क्रममा दलको नेताको हैसियत गुमाएका उनले आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने जिकिर गरे ।

‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’

उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित