Khabar Samachar

Search
Close this search box.

भारतले जित्यो टी-२० एसिया कप

203
VIEWS

भारतले पाकिस्तानलाई पराजित गर्दै टी-२० एसिया कप जितेको छ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो। उक्त रनलाई भारतले ५ विकेटको क्षतिमा दुई बल बाँकी रहँदै भेटाएको हो।

भारतका लागि तिलक वर्माले अविजित ६९ रन बनाए।

शिवम दुबेले ३३ रन, सञ्जु स्यामसनले २४ रन, शुभमन गिलले १२ रन बनाएका थिए।

पाकिस्तानका बलर फहिम अश्रफले तीन, शाहिन शाह अफ्रिदीले एक र अब्रार अहमदले एक विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित