Khabar Samachar

Search
Close this search box.

सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत

202
VIEWS

सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ।

नवप्रवर्तन  र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो।

यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको  सहकार्यलाई उजागर गरेको छ।

हिमालय टिभीसँगको सहकार्यमा आयोजित कार्यक्रममा शार्कहरूले सामसङको नयाँ फोल्डेबल फोनको क्रान्तिकारी डिजाइन, उच्च प्रदर्शन र एआई–समर्थित सुविधाहरूको अनुभव गरे।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी क्षमताको प्रतिक भएको बताए। उनका अनुसार फोल्डेबलको फराकिलो डिस्प्ले तथा मल्टिटास्किङ क्षमताले उत्पादकलाई नयाँ स्तरमा पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित