Khabar Samachar

Search
Close this search box.

आज बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

221
VIEWS

स्थानीय तहको निर्वाचनको दिन शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले सञ्चार माध्यमलाई बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।

डीआईजी सुवेदी का अनुसारका , ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’ बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ ।

एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित