Khabar Samachar

Search
Close this search box.

डा. भट्टराईले स्वस्तिक छापसमेत देखिने गरी सार्वजनिक गरे मतपत्र

239
VIEWS

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज आफूले मतदान गरेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरे । उनले राखेकोमध्ये एउटा तस्वीरमा मतपत्रमा लगाइएको स्वस्तिक छापसमेत देखिएको छ । यसबाट गोप्य मतदानसम्बन्धी नियम उल्लंघन भएको छ ।

डा. भट्टराईले गोरखाको पानापा १ अन्नपूर्ण मावि बुथमा बिहान ८:२५ बजे मतदान गरेका थिए । लगत्तै उनले केही तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । गोप्य स्थानमा मतदान गर्दै गरेको तस्वीरसमेत उनले राखेका छन् । जसमा तीनवटा स्वस्तिक छाप छाता चिन्हमा लगाएको देखिन्छ ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यसरी मत संकेत सार्वजनिक गर्न पाइँदैन । ऐनको दफा ९ मा मत संकेत सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । डा. भट्टराईले सामाजिक सञ्जालमा नै मत संकेत देखाइदिएपछि उनी सो कारवाहीको भागीदार बन्न सक्नेछन् ।

ऐनको दफा ९ को उफदफा १ मा भनिएको भनिएको छ– ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।

उपदफा २ मा यस्तो कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यस्तै, उपदफा ३ मा भनिएको छ, ‘उफदफा १ विपरीताको कार्य गरी कसैले मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी सीलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने छ र त्यस्तो मतपत्र गणना गरिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित