। रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ ।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए ।
थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए ।सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।
Discussion about this post