Khabar Samachar

Search
Close this search box.

काठमाडौंमा बालेन : ५ हजार ४४६ मतसहित दोब्बरले अगाडि

233
VIEWS

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले हालसम्म ५४४६ मत ल्याएका छन्।

सोमबार बिहान १४ हजार ३२६ मतपत्रको गणना सम्पन्न हुँदा उनको मत ५५ सय नजिक पुगेको छ।

सोमबार बिहान ६ बजे प्राप्त मत परिणामअनुसार बालेन्द्रले ५ हजार ४४६ मत पाएका छन्। उनलाई नेकपा एमालेका

केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित