Khabar Samachar

Search
Close this search box.

काठमाडौंमा कांग्रेसले खोल्यो खाता, दक्षिणकालीको मेयरमा मोहन बस्नेत विजयी

244
VIEWS

काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ।

कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले  बताइन्।

निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन।

बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन्।

वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्।

वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्रीले जितेका छन्।

वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामीले जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित