Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

नेपालगंज उपमहानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट दोब्बर मतले बिजयी

205
VIEWS

काठमाडौं- बाँकेको नेपालगंज उपमहानगरपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ। मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्ट दोब्बर मतको अन्तरमा निर्वाचित भएका छन्।

विष्टले २३ हजार ४६० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत प्राप्त गरे। राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत प्राप्त गरे।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार कमरुद्दीन राई निर्वाचित भएका छन्। उनले १७ हजार ९५० मत प्राप्त गरे। निकटतम् प्रतिश्पर्धी एमालेकी शान्तीदेवी ढकालले १० हजार ९१५ मत प्राप्त गरिन्। राप्रपाका बिन्दुचर्ती मगरले १० हजार १३५ मत प्राप्त गरेकी छिन्

२३ वडा रहेको नेपालगंज उपमहानगरपालिकामा धेरै वडा भने जसपाले जितेको छ। जसपाले ६ वटा वडा जित्दा कांग्रेस र एमालेले ५-५ वडा जितेका छन्। नेकपा माओवादीले ४ र राप्रपाले ३ वटा वडा जिते।

नेपालगंजमा कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।२०७४ को स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिकामा राप्रपाबाट धवलशम्शेर राणा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित