Khabar Samachar

Search
Close this search box.

चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रल्लाद सापकोटा निर्वाचित

205
VIEWS

चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रल्लाद सापकोटा निर्वाचित भएका छन्।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सापकोटाले २० हजार ७ सय ९६  मत पाएका हुन्। यस्तै नेकपा एमालेकी बिमलादेवी दवाडीले १२,७२८ मत पाएर दोस्रो भइन्।

उपमेयरमा एमालेका यादवप्रसाद पाठक विजयी भएका छन्।

पाठकले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेलाई पराजित गरेका हुन्। पाठकले १३ हजार ५ सय १४ मत पाउँदा गठबन्धनका घिमिरेले १२ हजार ३५४ मत पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित