Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

काठमाडौं २९ को मतगणना विवाद, ६४ मत गायब भएको भन्दै एमालेले दियो उजुरी

231
VIEWS

 

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मत गणनामा विवाद भएको छ।मतदान अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी घोषणा गरेपनि एमालेले त्यसलाई अस्वीकार गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ।

एमालेका काठमाडौं महानगरका सचिव राजिव शाक्यले भने,‘२९ नम्बर वडामा खसेको कूल मत ५ हजार ८ हो तर, गणनामा ४ हजार ९ सय ४४ मात्र देखाइएको छ, ६४ मत गायब भएकाले हामीले उजुरी दिएका हौँ।’

 

निर्वाचन अधिकृतले नेपाली कांग्रेसका कुश ढकाललाई वडाध्यक्षमा विजयी भएको शुक्रबार घोषणा गरेका छन्।

ढकालले १ हजार ९ सय २१ मत ल्याएको घोषणा भएको थियो । यो मत एमालेका वडाध्यक्षका उम्मेदवार शिवराम राजबंशीको भन्दा ५० मत बढी हो। राजवंशीले १८७१ मत पाएका छन्।

एमाले उम्मेदवार ५० मतले हारेको तर, ६४ मत गायब भएकाले पूरै मतपत्र दोहो¥याएर गणना गर्न एमालेले माग गरेको हो।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि ढकालले राजवंशीलाई पराजित गरेका थिए। उनले १ हजार ५४५ मत ल्याउँदा तत्कालीन समयमा स्वतन्त्र उम्मेदवार दिएका राजवंशीले १ हजार ४९१ मत पाएका थिए। एमाले १ हजार ४२ मतका साथ तेस्रो बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित