काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ ।
शुक्रबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार करिब ७ सय स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ महानगरपालिकासहित केही पालिकाहरुको परिणाम आउन बाँकी रहेको छ ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ ।
Discussion about this post