Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरमा ४४ हजार मत गन्न बाँकी

259
VIEWS

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्।

उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ८९७ मतले अगाडि छन्।

बिहान साढे ५ बजेसम्मको अपडेटअनुसार बालेनले ४८ हजार ९२२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन्। एमालेका केशव स्थापित २९ हजार १५९ मतसहित तेस्रो स्थानमा रहेका छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत प्राप्त गरेका छन्। अब ४४ हजार ७१७ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित