काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।अन्तिम मतपरिणामअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गरिन् भने प्रतिस्पर्धी सुवेदी ३९ हजार ५८१ मै सीमित भए । त्यस्तै मेयरमा बागी उम्मेदवार दिएका नेपाली कांग्रसका जगन्नाथ पौडेल तेस्रो भए ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।
उपमेयरमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । राप्रपा उम्मेदवार हिमला गुरुङलाई पराजित गर्दै अधिकारी उपमेयरमा निर्वाचित भएका हुन् ।
अधिकारीले ५२ हजार ८०३ मत पाए भने प्रतिस्पर्धी गुरुङले ३० हजार ६१२ प्राप्त गरिन् ।
Discussion about this post