Khabar Samachar

Search
Close this search box.

जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको निर्देशन

204
VIEWS

नेकपा एकीकृत समाजवादी पार्टीले यो स्थानीय तह निर्वाचन विजयी भएका जनप्रतिनिधिहरूलाई आगामी जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।

पार्टीका महासचिव बेदुराम भुसालले बुधबार एक विशेष आन्तरिक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।

‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नूहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नू होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठताकासाथ जनताको सेवा गर्नूहोला । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्नुहोला’, निर्देशनमा भनिएको छ ।

स्थानीय निर्वाचन जितेका पार्टीका जनप्रतिनिधिहरूलाई पठाइएको सर्कुलरमा पार्टी कमिटीका निर्णयहरू पालना गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित