नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्ययले बताए ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।
निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।
Discussion about this post