सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।
पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यो सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लगेका थिए ।तत्कालीन केपी शर्मा अोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो ।
Discussion about this post