Khabar Samachar

Search
Close this search box.

नागढुंगाबाट ४ करोड रुपैयाँसहित एक नेपाली र चार चिनियाँ नागरिक पक्राउ

221
VIEWS

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

पक्राउ परेका नेपाली नुवाकोटको विदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन्।नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उक्त रकमसहित फेला पारेको हो।

कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा रकम बरामद भएको हो। पक्राउ परेका गुरुङ कार चालक हुन्।

प्रहरी स्रोतका अनुसार लागु औषध सहित केही मानिसहरू काठमाडौं प्रवेश गर्दैछन् भन्ने सूचना पाएको थियो। सो सूचना अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट संयुक्त टोली खटियो।

टोलीले चेकजाँच गर्नेक्रममा स्रोत नखुलेको रकम फेला पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित