Khabar Samachar

Search
Close this search box.

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ : वर्षमान पुन

204
VIEWS

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मन्त्रीहरु फेर्ने विषयमा आफ्नो पार्टीभित्र पनि आवाज उठिरहेको बताएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए ।

‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि दबाव छ । जसपामा दबाब छ । यो दबावलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ’ उनले भने ।

हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारी अनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु फिर्ता भएका छैनन् ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताए । अहिले मन्त्री हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उनको भनाइ छ ।

‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरु छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो?’ पोखरेलले भने, ‘त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित