Khabar Samachar

७० वर्ष नाघेपछि चुनाव लड्न रोकौं : योगेश भट्टराई

208
VIEWS

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

‘केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ। हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं। तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ,’ आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने?’

उनले काम गर्न सक्ने प्रधानमन्त्री आफूहरूले खोजेको पनि बताए।

सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने उनले बताए। यसका लागि संविधान संशोधन गर्नुपर्ने पनि उनको भनाइ थियो।

‘हामीलाई र्‍याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन,’ उनले भने, ‘काम गर्ने प्रधानमन्त्री चाहिएको हो। सबै राजनीतिक दल यो विषयमा एकमत होऔं।

’बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै उनले भने, ‘७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था किन नगर्ने ?’

उनी अगाडि थप्छन्, ‘हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित