काठमाडौं– बुधबार राति आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार मध्याह्नदेखि सडकखण्ड सञ्चालनमा आएको हो।
इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। बुधबार राति ११:१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२बजेबाट सञ्चालनमा आएको हो।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११:५० बजे पन्छाइएको हो।
Discussion about this post