नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।
सचिवालय बैठक बस्नुअघि महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बसेको थियो। त्यो बैठकले आजको बैठकका मुख्य चार एजेन्डा निश्चित गरेको छ।एमाले सचिव टोपबहादुर रायमाझीका अनुसार आज बस्ने सचिवालय बैठकका लागि आइतबार एजेण्डामाथि छलफल भएको थियो।
Discussion about this post