Khabar Samachar

Search
Close this search box.

प्रतिनिधिसभाका १५ सांसदले दर्ता गराए बजेट छलफल स्थगनको प्रस्ताव

202
VIEWS

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठकको कार्यसूची रोकेर रासायनिक मलको अभावको विषयमा छलफल गर्न माग गरेको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदको कार्यसूचीमा रहेको बजेटमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रोकेर सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका हुन्।

उक्त  प्रस्तावमाथि सोमबारको संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले पेश गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित