Khabar Samachar

Search
Close this search box.

नेकपा एसले बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने

204
VIEWS

नेकपा एसले बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने को निर्णय गरेको छ ।  बुधबार सम्पन्न स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भएलगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेकाे हाे। स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए।

स्थायी कमिटी बैठकले असार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताए। 

‘सचिवालयको बैठकले विगतमा गरेका निर्णयको अनुमोदन गरेको छ, त्यसमा हाम्रा मन्त्री हेरफेरको निर्णय पनि पर्छ’ उनले भने, ‘बजेटको काम समाप्त भएपछि हामी नयाँ मन्त्रीहरु सरकारमा पठाउनेछौं ।’

नेकपा एसले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित