Khabar Samachar

Search
Close this search box.

राज्यमन्त्री भवानी खापुङले बुझाए नेपाललाई राजीनामा पत्र

208
VIEWS

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले पनि पदबाट राजीनामा दिएका छन्। खापुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।  खापुङलाई राज्यमन्त्रीबाट मन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको छ। तर उक्त निर्णय भने विवादित छ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे पनि मन्त्रीहरूले नै उक्त निर्णयको विरोध गरिरहेका छन्। विवादकै बीच पर्यटनमन्त्री प्रेम आलेले भने राजीनामा पत्र दिइसकेका छन्।

गत आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। त्यसअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो।

तर उनीहरूले मन्त्री भएको छ महिनामात्रै भएकोले थमौती गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरेका थिए। तर अध्यक्ष नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नु पर्ने बताउँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित