Khabar Samachar

Search
Close this search box.

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

204
VIEWS

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। गएराति सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु।  ठाकरेले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’

उद्धव ठाकरेले आफूले विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन् ।

ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए।

यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यसविरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशहरु सूर्यकान्त र जेबी पार्डिवालाले रिटमा सुनुवाइ गर्दै विधानसभामा फ्लोर टेस्टलाई रोक्न नसकिने फैसला सुनाएका थिए। त्यसपछि मुख्यमन्त्री ठाकरेले राजीनामा दिएको घोषणा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित