Khabar Samachar

Search
Close this search box.

भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

213
VIEWS

काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको मृत्यु भएको छ।

सोमबार बिहान लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।

दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ।

घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार दूतावासले मृतकको शव आफैं व्यवस्थापन गर्ने पनि जनाएको छ।

घटनाबारे जानकारी लिन प्रहरी टोली दूतावास गए पनि दूतावास भित्र जान सकेको छैन।

कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागु हुन्छ।

मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित