यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा शुरु गर्ने भएको छ ।
आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।
यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परिक्षण भइरहेको र परीक्षणपछि यति एअरलाईन्सको सम्पूर्ण वायुयानहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
Discussion about this post