Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको शर्त

207
VIEWS

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने शर्त राखेको छ ।बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु सुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् ।

बरु अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । यसपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबारे छलफल भएको थियो । बुधबार माओवादी संसदीय छानबिन समिति बनाउन तयार भयो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेका थिए ।

तर एमालेले शर्मालाई स्पष्टीकरण दिने अवसर नदिने अडान मात्र लिएन, संसदीय छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने शर्त अघि सारेको छ । छलफलमा सहभागी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको पुष्टि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित