Khabar Samachar

अर्थमन्त्रीमाथि छानबिन ११ सदस्यीय बन्ने भयो संसदीय समिति

208
VIEWS

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय हुने भएको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित