संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ।
उपसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछन्। बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।
शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।
संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
ओली सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेसले त्यतिबेला उपसभामुख छान्न माग गरेको थियो। तर आफ्नो नेतृत्वमा सरकार बनेपछि संवैधानिक परिषद् ऐन संशोधन गर्ने विधेयकको बाटो समातेर उपसभामुख चयनमा नलागेको भन्दै कांग्रेस भित्रै विरोध भएको थियो।
Discussion about this post