Khabar Samachar

Search
Close this search box.

कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उठाउने

204
VIEWS

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखमा नेतृ पुष्पा भुसाललाई उठाउने तयारी गरेको छ।

कांग्रेसकी समानुपातिक सांसद भुसाल अर्घाखाँचीकी हुन्।

संवैधानिक परिषद् बैठक अघि बढाउन नसकेको भन्दै उपसभामुख चयन गर्नुपर्ने निचोडमा रहेको कांग्रेसले भुसाललाई अघि सार्न लागेको एक नेताले बताएका छन्।

भुसाल २०७० मा अर्घाखाँची  क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।

उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरेकी छन्। उनी वकालत पेशामा पनि संलग्न थिइन्।

उनले कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन्। भुसाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य भइसकेकी छन्।

भुसाल २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका बुवा काशीनाथ गौतम २०१७ सालमा सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्। उनले १४ वर्ष भारतमा बिताइन्।

उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित