जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई हटाएर वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।
वीरगन्जमा हिजो (बुधबार) देखि जारी केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता राईलाई संघीय परिषद अध्यक्ष बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले राईलाई संघीय परिषद अधयक्ष बनाउने प्रस्ताव गरेका थिए, बैठकले सो प्रस्तावलाई पास गरेको हो।
Discussion about this post