अभिनेत्री सुस्मिता सेन र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा रहेको जानकारी दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। १८ वर्षको उमेरमा मिस इन्डिया र १९ वर्षको उमेरमा मिस युनिभर्स बनेकी सुष्मिता आफ्नो पहिलो फिल्मदेखि नै अफेयरका लागि चर्चामा आइन् । सुस्मिताको डेब्यु फिल्म दस्तकका लेखक विक्रम भट्ट हुन् । यी दुवैको नाम असाध्यै जोडियो र वर्षौंसम्म हेडलाइनमा रह्यो । सन् १९९६ मा सुरु भएको सम्बन्धको यो शृङ्खला सन् २०२१ मा रोहमन शालसँग ब्रेकअप हुञ्जेलसम्म जारी रह्यो ।
भारतीय टि-२० टुर्नामेन्टका पहिलो अध्यक्ष तथा कमिसनर रहेका ललितले बिहीबार आफ्नो ट्विटरमा सुस्मितासँग थुप्रै फोटाहरू राख्दै यसबारे जानकारी दिएका हुन्। उनले ती फोटाहरूमा सुस्मितालाई ‘बेटर-हाफ’ भन्दै ‘नयाँ सुरूआत’ लेखेका छन्।
धेरैले उनीहरूलाई बिहे पनि गरिसकेको हो कि भनेर सोधेका छन्। आइपिएलका संस्थापक रहेका ललितले आफूहरूले बिहे भने नगरिसकेको र अहिले ‘डेटिङ’ मात्र गरिरहेको बताएका छन्। तर बिहे गर्ने संकेत पनि उनले दिएका छन्।
‘बिहे गरिसकेको छैन, एकअर्कालाई डेटिङ मात्र गरिरहेका छौं, सायद कुनै दिन बिहे पनि हुनेछ,’ उनले लेखेका छन्।
ललित मोदीको यसअघि मिनल सगरानीसँग सन् १९९१ मा बिहे भएको थियो। उनीहरूका एक छोरा रूचिर र छोरी आलिया छन्। ललितसँग बिहे हुनुअगावै मिनलको पनि अर्कैसँग बिहे भएको थियो। मिनलका पहिलो श्रीमानबाट पनि एक छोरी करिमा छन्।
Discussion about this post