Khabar Samachar

Search
Close this search box.

विलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ गतेसम्मका लागि थप

236
VIEWS

सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न १० सामग्रीहरू आयात गर्न नपाइने बताएको हो।

नयाँ राजपत्रअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो ।

सरकारले कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, स्मार्टफोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, १५० सीसीमाथिमा मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासमा पूर्ण प्रतिबन्ध लगाएको राजपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित