Khabar Samachar

कर कार्यालयको कर्मचारी बनेर कर उठाउने दुई जना पक्राउ

208
VIEWS

उत्तरी धादिङको गंगाजमूना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।

रकम लिएपछि उनीहरूले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए। करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैंले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत् मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर संकलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित