Khabar Samachar

Search
Close this search box.

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

206
VIEWS

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।

माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।

समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित