नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा माधव कुमार र बाबुराम भट्टराईलाई गरे पार्टि एकताको प्रस्ताव राखेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा भएको छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका हुन्।
माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएका हुन्।
‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।
प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको बताए ।
बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो।
बिहीबार प्रचण्डसँगको छलफल सकारात्मक भएको भट्टराईले आफूनिकट नेताहरुसँग बताएका छन्।
Discussion about this post