Khabar Samachar

Search
Close this search box.

पहिलो प्राथमिकता नेपाली सिनेमा : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी

217
VIEWS

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। उनले आजै बिहान बोर्डको कार्यालय पुगेर पदको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गर्दै पहिलो प्राथमिकता नेपाली  सिनेमा हुने बताएका छन ।

उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो । यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’

भुवन केसीजस्तो वरिष्ठ कलाकार राजनीति नियुक्तिको आधारमा अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए । चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने भुवनको योजना छ ।

शहीद हुन तयार छु भन्ने भुवनको यो अभिव्यक्ति विदेशी फिल्मको नियन्त्रणतर्फ हो कि होइन, यो उनले अघि सार्ने योजनाले पुष्टि गर्नेछ । तर उनको यो अभिव्यक्तिले उक्त आशंकामा बल पुर्‍याएको देखिन्छ । धेरै पटक उनले विदेशी फिल्मलाई कोटा लगाउनेदेखि नियन्त्रण गर्नेसम्मको अभिव्यक्ति दिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित