Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुको माग

219
VIEWS

प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् ।

‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन् ।

‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् । अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।

एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पत्र लेखिएको कुरा नेपाली जनताले थाहा पाउने गरी संसद्मा सार्वजनिक गर्न आग्रह गरे । उनले एसपीपी कार्यक्रम मात्र नबढ्ने भन्ने पत्र गएको हो कि सदस्यताबाट पनि नेपाल हटेको हो त्यो स्पष्ट पार्न पनि अनुरोध गरेका छन् ।

यस्तै सांसद् शिवमाया तुम्वाहाम्फेले पनि पत्र सार्वजनिक गर्न माग गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित