नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो।
महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिए। उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो।भाद्रको २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्य साथीहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा,’२८ औँ विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौँमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले भने।
Discussion about this post