Khabar Samachar

Search
Close this search box.

बझाङमा नाबालक छोराछोरीसहित आमाको शव भेटियो

206
VIEWS

बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

रारुका २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीय छोरा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश अवस्थीले जानकारी दिए।

बुधबार बिहान शव भेटिएको भन्ने खबर आएसँगै जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थल सदरमुकामबाट ७० किलोमिटरभन्दा टाढा रहेको र गाडीबाट गएपछि पनि ३ घण्टा पैदल हिँड्नुपर्ने भएकाले सदरमुकामबाट गएको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुग्न नसकेको इन्सपेक्टर अवस्थीले बताए।

मृत फेला परेकी गीताका श्रीमान् भने भर्खरै भारतबाट आएको बुझिएको प्रहरी निरीक्षक अवस्थीले बताए। घटना के कसरी भयो, हत्या हो वा आत्महत्या हो भन्ने अहिलेसम्म केही नखुलेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित