नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।
कांग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख/उप्रमुख, गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखका लागि अभिमुखीकरण गर्न लागेको हो।
सोमबार र मंगलबार ललितपुरको सानेपास्थित होटल हेरिटेज प्लाजामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जाजरकोटको छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बताए।
उनकाअनुसार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन्।
ललितपुरको हेरिटेज गार्डेनमा प्रशिक्षण कार्यक्रम चल्नेछ।
उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो।
स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँ/नगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।
कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो।
यसअघि अरू दलले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए।
Discussion about this post