Khabar Samachar

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन

206
VIEWS

काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

सोमबार बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो । बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिए पनि त्यहीँ रोकेर राखेका थिए ।त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू सडकबाट भागेका हुन्।

फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सत्तारुढ दलका स्थानी नेताहरुविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका- १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

नेकपा माओवादी केन्द्र धुनिबेंसी–१का वडाध्यक्ष विष्णु तामाङले आफूहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘राज्यले कतिदिनसम्म प्रहरी परिचालन गर्छ हेर्छौं’ भन्दै आन्दोलनको स्वरुपम परिवर्तन गर्ने चेतावनी दिएका छन् । उनले आफूहरूले शान्तिपूर्ण रुपमा गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित