Khabar Samachar

फोहोर लैजाँदा कांग्रेस-माओवादीको अवरोध, एमाले र राप्रपा पनि उत्रिए

211
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सत्तारुढ गठबन्धनसहितका राजनीतिक दलहरुले फोहोर फाल्न अवरुद्ध गरेकोप्रति आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आज पनि बञ्चरेडाँडामा फोहोर फाल्न नदिन राजनीतिक दलहरुकै साथमा स्थानीयबासीले गाडी रोकेको भन्दै यसमा गहिरा र अलग्गै कारण रहेको औंल्याएका छन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहका अनुसार सोमबार पनि फोहोर लैजाने क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले सडकमा उत्रिएर अवरोध गरेको बताएका छन्।

उनका अनुसार त्यसक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता पनि सडकमा उत्रिएर फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो। जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो’, उनले भनेका छन्, ‘यद्यपि २०० भन्दा बढी प्रहरी परिचालनबाट फोहोरका गाडी बञ्चरेडाँडा लगियो।’

उनका अनुसार त्यस क्रममा प्रदर्शनमा उत्रिएका केही समूहले लुक्दै गुलेली हानेर अवरोध प्रयास गरिएको बताएका छन्।

‘यसैकारण आज २०३ वटा मात्रै फोहोरका गाडीहरु बञ्चरेडाँडा लैजान सकियो’, उनले भने, ‘केही दिन र समयबाट देखिएको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारण छन्। नत्र सोच्नुस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ?’

उनले २ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हानेको बताएका छन्। यसलाई लिएर उनले प्रदर्शनकारीलाई राजनीतिक संरक्षण रहेको उल्लेख गरेका छन्।

उनले २०० बढि प्रहरीहरुको परिचालनबाट २०३ वटा फोहोरका गाडी बञ्चरेडाँडा लगिएको बताए । सत्तारुढ दलसहित नेकपा एमाले र राप्रपाले पनि अवरोध गरेको उल्लेख गर्दै केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिएको साहको दाबी छ ।

ठाउँ ठाउँमा अवरोधबीच २०३ ट्रक फोहोर धादिङको बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा बिसर्जन गर्न सफल भएको छ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो’, बालेनले भने, ‘यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’

त्यस्तै, उनले यस समस्या बाहिर देखिएको सतहीमात्रै भएको तर भित्र गहिरा र अलग्गै कारण भएको बताए ।

उनले अगाडि लेख्छन्, ‘नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

त्यस्तै, महानगरबाट केही कमजोरी र गल्ती भएको स्वीकारर्दै मेयर साहले सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि नभएको बताए ।

उनले आफूहरुले दोहोर्याएर अपराध नगर्ने आश्वासन दिए । त्यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।

उनले सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दीगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको बताएका छन्।

‘हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ’, उनले भनेका छन्, ‘पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नुपर्ने होइन, फोहोरको हो। आफ्ना कुत्सित स्वार्थको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजना छ।’

उनले फोहोरको व्यवस्थापन गर्ने तर स्वार्थहरुको व्यवस्थापन गर्न नसकिने बताए । साहले अहिले भइरहेको अवरोधलाई स्वार्थसँग जोडिएको आशय व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित