Khabar Samachar

Search
Close this search box.

कृष्णकुमार श्रेष्ठ (किसान) प्रतिनिधिसभा निर्वाचनमा बाराबाट उम्मेदवारी दिने

200
VIEWS

 

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाराबाट उम्मेदवारी दिने भएका छन् । उनको गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने भएपछि उनी बाराबाट चुनाव लड्न तयार भएका हुन् । २०७४ को निर्वाचनमा श्रेष्ठले तनहुँ–१ मा पौडेललाई पराजित गरेका थिए । तर, सो क्षेत्रमा यस पटक फेरि पौडेलले उम्मेदवारी घोषणा गरेपछि श्रेष्ठले त्यहाँबाट निर्वाचन क्षेत्र परिवर्तन गर्न लागेका हुन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले शुक्रबार तनहुँ पुगेर ‘जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु’ भन्दै उम्मेदवारी घोषणा गरेका छन् । पूर्वमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता तनहुँ नै भए पनि गठबन्धनभित्र सो क्षेत्रमा पौडेलको उम्मेदवारी निश्चित भएको अवस्थामा आफू बाराबाट उम्मेदवार बन्ने बताए । ‘गठबन्धनको तर्फबाट उम्मेदवारी छान्ने विषयमा दलहरुबीच बनाइएको मापदण्ड अनुसार तनहुँ १ नम्बर क्षेत्रमै मेरो पहिलो दाबी रहन्छ, त्यहीँबाट चुनाव लड्ने मेरो तीव्र ईच्छा छ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘तनहुँ १ नम्बर क्षेत्रमा कांग्रेस वरिष्ठ नेता पौडेलले दावी गरिरहनु भएको छ, तर उहाँलाई देशभर जुनसुकै क्षेत्रवाट चुनाव लड्दा पनि जनता र कार्यकर्ताले पत्याउछन्, उहाँ आफै अन्य क्षेत्रबाट चुनाव लडे सुनमा सुगन्ध हुन्थ्यो ।’

‘बाराका शुभचिन्तक साथीहरु, विकासप्रेमी जनताले मलाई बारामा आउनुपर्‍यो भन्नुभएको छ, तर गठबन्धनका नेताहरुले के निर्णय गर्नुहुन्छ, त्यसैलाई मैले शिरोधार्य गर्नुपर्छ ।’पार्टीले गरेको फैसला/ नीतिअनुसार काम गर्ने बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित