Khabar Samachar

सिन्धुपाल्चोक २ मा चुनाव लड्न पशुपति शम्सेरको नाम सिफारिस

204
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकबाट प्रत्यक्ष चुनाव लड्न पशुपति शम्सेर जबराको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कार्य समितिले प्रदेशसभा र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाएको छ ।

जिल्ला अध्यक्ष कुमारी तामाङले पठाएको सिफारिसमा पशुपतिशम्सेर जबराको नाम क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा छ । त्यस्तै सोही क्षेत्रबाट प्रतिनिधिसभामा नरसिंह श्रेष्ठ, गुनु पाख्रिन, गोपीकृष्ण चौलागाईँ र लिलादेवी चौलागाईँको नाम सिफारिस भएको छ ।

राणाले पञ्चायतकालदेखि लगातार सोही क्षेत्रबाट चुनाव जित्दै आएका थिए । २०६४ देखि भने उनी तीनवटै चुनावमा पराजित भएका छन् । अघिल्लो निर्वाचनमा उनी दुईपटक एमालेका शेरबहादुर तामाङसँग पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित