Khabar Samachar

Search
Close this search box.

तानसेनका पूर्वमेयर-उपमेयरसहित २० एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

205
VIEWS

पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाहीसहित एमालेका केही नेता-कार्यकर्ता नेकपा एस प्रवेश गरेका छन् । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित २० जना लिएर नेकपा एसमा प्रवेश गरेको शाहीले  बताए ।पार्टी स्थापित मूल्य र मान्यतामा चल्न सकेन, पटक-पटकका गल्तीको समीक्षासमेत भएन’, शाहीले भने ।

वैशाख ३० को स्थानीय चुनावमा दाबी गरेका शाही टिकट नपाएपछि असन्तुष्ट थिए । उनले ५४ र ७४ को चुनावमा मेयर जितेका थिए । योपटक एमालेले धनेन्द्र घिमिरेलाई उठाएपनि घिमिरे पराजित भएका थिए । शाहीले नेकपा एस प्रवेश गरेका नेताहरू भनेर अशोककुमार शाही, लक्ष्मीदेवी पाठकसहित भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक, उमेश घिमिरेको सूची सार्वजनिक गरेका छन् ।

नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेय स्थानीय तहको निर्वाचनमा शाहीले एमाले उम्मेदवारले गरेको असहयोग गरेको वडाहरूबाट आएको रिपोर्टका आधारमा स्पष्टीकरण सोधिएपनि पत्र नै नबुझेको, टिकट नपाएपछि असन्तुष्ट भएको र अहिले सार्वजनिक भएका नामहरूमध्ये तीनजनाले आफूहरूले एमाले नछोडेको बताउँछन् ।

नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको गृहनगर भएकाले पनि चुनावको मुखमा शाहीको टोलीले एमाले छाड्दा आसन्न चुनावमा एमाले उम्मेदवारलाई चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित