Khabar Samachar

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसदमा पेश हुँदै

204
VIEWS

प्रतिनिधि सभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ।

मंगलबार बिहान १० बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ।

कानून मन्त्री कोइरालाले आज बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश गर्ने तयारी रहेको जानकारी दिए।

उनले कानून प्रतिकूल हुने र गम्भीर प्रकृतिका अपराधसँग जोडिएका मुद्दामा कुनै छुट नहुने सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताएका थिए।

साथै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपा सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित